राजनीति
आलोचनामा आएपछि प्रेमसँगको भेटबारे तोसिमाले भनिन्ः ज्यान गुमाएका व्यक्तिको मृत्युमाथि राजनीति नगरैँ

काठमाडौं , माघ १३-
प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखेकी छन् ,‘खबर सुन्ने बित्तिकै हतार हतार म र मेरो स्वकिय मात्र गएका थियौँ । हामी अस्पतालको गेटमा पुग्दा नै त्यहाँ उपस्थितहरुले ओहो राज्यमन्त्री आउनुभयो भन्दै हामीलाई माथि आइसीयूसम्म पुर्याउन आउनुभयो । ड्युटीको डाक्टर भने आइसीयूको ढोकासम्म मलाई लिन आउनुभएको थियो । अहिले सबैको हात-हातमा मोबाइल भएको अवस्थामा तत्पश्चात त्यहाँ भित्र को कसलाई छिर्न दिइयो, को को छिर्यो , को छिरेन , को बिरामीको अभिभावक, को मिडिया थियो हामीलाई थाहा पनि भएन र कसले कहाँ कसरी किन कहाँबाट भिडियो खिच्यो त्यसबारेमा हामी जानकार पनि छैनौं यदि मिडिया बाजी नै गर्नु थियो त त्यहाँ अन्य भिजिटरहरुले मास्क नलाउनुभएको अवस्थामा म आफू पनि मास्क खोलेरै चिनिएरै फोटो खिचाउँथे होला ।’
आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताउँदै ज्यान गुमाइसकेका व्यक्तिको मृत्यु माथि राजनीति नगर्न समेत आग्रह गरिन् ।



























