राजनीति

गृहमन्त्री लामिछानेसँग भेटेर बालेनले मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

Banner

काठमाडौं,माघ १२-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गरेर थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका छन्। बालेन शाहसहितको टोलीले गृहमन्त्री लामिछानेसँग बिहीबार दिउँसो गृह मन्त्रालयमा भेट गरेको हो। बालेनसहित एकीकृत बागमती सभ्यता विकास समितिको टोली पनि भेटमा सहभागी थिए।

भेटका अवसरमा बालेनले गत मंसिरमा सुकुम्बासी बस्ती हटाउन जाँदाको विवरण गृहमन्त्री लामिछानेलाई सुनाएका थिए। उनले प्रहरी र प्रशासनले असहयोग गरेको पनि गुनासो गृहमन्त्रीसँग गरेका थिए। जवाफमा गृहमन्त्री लामिछानेले आवश्यकता हेरेर यसबारे निर्णय गर्ने जानकारी बालेनसहितको टोलीलाई गराएको भेटमा सहभागी एक सदस्यले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>