देश/प्रदेश
मोदीलाई गणतन्त्र दिवसको शुभकामना दिँदै ओलीले लेखे- दुई देशबीचको सहकार्य मजबुत होस्
०

काठमाडौं,माघ १२-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतीय गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन्। दुई देशबीचको सहकार्य मजबुत हुने विश्वास गर्दै ओलीले मोदीलाई शुभकामना दिएका छन्।
मोदीलाई मेन्सन गर्दै ट्वीटरमा लेखेका छन्, ‘भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको ७४ औं वर्ष (आजादीका अमृत महोत्सव), अर्थात् भारतीय गणतन्त्र दिवसको अवसरमा मेरा मित्र भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीजी र भारतीय जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछु।’
उनले भारतीय गणतन्त्र दिवसको अवसरमा गहिरो आपसी मित्रता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध विकास हुने विश्वास व्यक्त गरेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























