राजनीति
प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ: विश्वप्रकाश
०

काठमाडौं, माघ ११-
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेमप्रसाद आचार्यको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् ।
मंगलबार आत्मदाहको प्रयास गरेको आचार्यको वुधबार बिहान उपचारको क्रममा निधन भएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ । दुःखी बनेर, श्रद्धाञ्जली दिएरमात्र हामीलाई उन्मुक्ति मिल्दैन ।’
नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड दिनुपर्ने उनको भनाइ छ । ‘नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ। उनको आत्मदाहको ऐनामा हाम्रो अनुहार छ। केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन’ उनले भनेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























