क्रिकेट

खैरहनीमा प्रथम ‘इसीए कप टि–२०’ क्रिकेट हुने

Banner

चितवन, माघ १०–

पूर्वीचितवनको खैरहनी नगरपालिका–५ गौचनरमा प्रथम ‘इसीए कप टि–२०’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।

इस्टर्न क्रिकेट एकेडेमी रत्ननगरको आयोजनामा आउँदो फागुन १० गतेदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको प्रतियोगिता संयोजक पवन थापाले जानकारी दिए । प्रतियोगिता फरक तरिकाले गर्न लागिएको छ । खेलाडीहरुले व्यक्तिगत रुपमा नाम दर्ता गराउनुपर्ने छ । सोही आधारमा आयोजकले टिम निर्माण गर्नेछ । खेलाडी नाम दर्ताका लागि आवेदन खुला गरिएको आयोजक इस्टर्न क्रिकेट एकेडेमीका प्रवन्ध निर्देशक आकाश थापाले जानकारी दिए ।

उनका अनुसार आज (मंगलबार)देखि माघ २० गतेसम्ममा खेलाडीहरुले दर्ता फारम भर्नुपर्ने हुन्छ । दर्ता शुल्क रु.१००० तोकिएको थापाले जानकारी दिए । उनले खेलाडीको नाम दर्तासंगै खेल पोषाक र अन्य सामग्रीहरु पाउने बताए । नाम दर्ता चितवन र नवलपुरका खेलाडीहरु गर्न पाउने छन् । ‘खेलाडीहरुको नाम दर्तापछि बलर, व्याट्सम्यान, विकेट किपर छुट्याउँछौं, सोही आधारमा विभिन्न टिम निर्माण गरेर प्रतिस्पर्धा गराउँछौं’–थापाले भने ।

प्रतियोगिताका लागि कहिले पनि ड्युज बल नखेलेका खेलाडीले पनि फारम भर्न पाउनुको साथै खेल्ने अवसर पाउने छन् । प्रतियोगिताका विजेताहरुलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ । जुनियर खेलाडीहरुको क्षमता निखारतका लागि प्रतियोगिता आयोजना गरिएको प्रवन्ध निर्देशक थापाले बताए । राष्ट्रिय प्रतियोगितामा समेत खेलिसकेका थापाले भने–‘यसवर्ष चितवनमा खासै क्रिकेट प्रतियोगिता भएको सुनिएको छैन, युवा खेलाडीहरुलाई प्रोत्साहनका लागि भएपनि यो प्रतियोगिता गर्न लागेका हौं ।’

नाम दर्ता गर्न यो फारम भर्नुपर्ने हुन्छः

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>