खैरहनी

चितवनको खैरहनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Banner

चितवन,माघ ९-

खैरहनीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा खैरहनी नगरपालिकाभित्रका २३ वटा सामुदायिक एवं संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ ।

प्रतियोगिताको खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनियाँले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख खनियाँले नगरभित्र खेलकुदको प्रवद्र्धन गर्न नगरपालिकाले नगरस्तरीय खेलकुद विकास समिति गठनको अन्तिम प्रक्रियामा रहेको बताउनुभयो । खेलकुद विकास समितिमार्फत नगरभित्र विभिन्न खेलकुदका गतिविधि संचालन गरिने उहाँले बताउनुभयो ।

बालबालिका तथा युवा वर्गलाई खेलकुदमा संलग्न गराउन सके उनीहरु कुलतमा फस्ने सम्भावना समेत कम हुने उहाँले बताउनुभयो । प्रतियोगिताले शारीरिक, मानसिक र सामाजिक रुपमा स्वस्थ र क्षमतावान नागरिक बनाउन टेवा पुग्ने खैरहनी नगरपालिकाकी उपप्रमुख कविता उप्रेतीले विश्वास व्यक्त गर्नुभयो । उहाँले सफल जीवनको लागि पाठ्यपुस्तकको ज्ञानले मात्रै नहुने भएकोले विद्यार्थीमा भएको क्षमता देखाउने अवसरको रुपमा प्रतियोगिता रहेको बताउनुभयो ।

प्रतियोगिता सञ्चालनको लागि जिल्ला खेलकुद विकास समितिसँग समन्वय गरिएको खैरहनी नगरपालिकाका खैरहनी नगरपालिकाका सामाजिक विकास समिति संयोजक रोहिणी प्रसाद उप्रेतीले बताउनुभयो । प्रतियोगितामा लामा तथा छोटो दुरीको दौड, कबड्डी, भलिबल, सर्ट पुट लगायतको खेल हुुने उप्रेतीले बताउनुभयो । सोमबार भएको मार्च पासमा सैनिक आवासीय महाविद्यालयका विद्यार्थीको समूहले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उत्कृष्ट प्रदर्शन गरेको महाविद्यालयलाई सिल्ड प्रदान गरिएको खैरहनी नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिनुभयो । पहिलो दिन सोमबार भएको छात्र र छात्रातर्फको १५०० मिटर दौड, १०० मिटर दौड र सर्ट पुटको अन्तिम खेलमा सैनिक आवासीय महाविद्यालय र माध्यमिक विद्यालय गवैले दुई/दुई वटा स्वर्ण पदक जितेको छन् भने खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एक/एक वटा स्वर्ण पदक जितेको छ । जनजीवन मा वि र ग्लो साइन एकेडेमीले दुई÷दुई वटा, सैनिक महाविद्यालय र खैरहनी मा विले एक/एकवटा रजत पदक जितेको छ ।

कठार माविले दुईवटा, जनजीवन, कपिया, खैरहनी मा वि र ग्लो साइन एकेडेमीले एक/एकवटा कास्य पदक जित्न सफल भएको बानियाँले बताउनुभयो । प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक प्राप्त गर्ने विद्यालयले राष्ट्रपति रनिङ सिल्ड प्राप्त गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>