इच्छकामना

चितवनको इच्छाकामनामा एक हप्ते लघु उद्यम तालिम सुरु

Banner

चितवन, माघ ८-

चितवनको इच्छाकामना गाउँपालिका–७ स्थित स्याङ्दी गाउँमा एकहप्ते लघु उद्यम विकास तालिम सुरु भएको छ ।

गाउँपालिकाको आयोजनामा गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत शनिबारदेखि तालिम सुरु भएको हो ।
चण्डिथान आधारभूत विद्यालयको भवनमा सुरु भएको तालिमलाई पालिकास्तरीय लघु उद्यम विकास समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोन्धन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले पालिकाले स्थानीय महिलाहरुलाई लघु उद्यमी बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरेको बताए । ‘तालिम पश्चात महिलाहरुले के उद्यम गर्न चाहन्छ सोही विषयमा तालिम दिई महिलाहरुलाई लघुउद्यम खोल्न सहयोग गर्नेछौं’ उनले भने ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माया सिलवालले तालिम सहभागी महिलाहरुलाई तालिम लिएपछि उद्यमी बन्न शुभकामना दिइन् । उनले महिलाहरुलाई तालिममा सिकेका कुराहरु व्यवहारमा लागू गर्न सके स्थानीयको जीवनस्तर परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।

‘हामीले अहिले आम्दानीको लागि जे काम गरिरहेका छौं, त्यसैलाई विकसित गरेर व्यावसायिक बनाउन सके लघु उद्यमी बन्न सकिन्छ र थप आम्दानी गर्न सक्छौ, यसमा ध्यान दिन म दिदिबहिनीहरुलाई आग्रह गर्दछु’ –उनले भनिन् ‘त्यसका लागि गाउँपालिकाले के गर्नुपर्छ भन्नुस् आवश्यक सहयोग गर्न गाउँपालिका हरदम तयार छ ।’

करिब ८० जना महिलाहरु सहभागी तालिम ७ दिनसम्म सञ्चालन हुनेछ भने तालिम समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष उपाध्यक्षलगायत वडासदस्य फूलमती विक, चण्डिभञ्ज्याङ सामाजिक महिला उद्यमी सहकारीका अध्यक्ष रश्मी गुरुङ, लघुउद्यम विकास समिति सदस्य कमला भट्टराई, महालक्ष्मी लाइफ इन्सुरेन्सका चितवन शाखा प्रमुख राजु थापा, एजेन्सी म्यानेजर निर्मला पियालगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>