राजनीति
माधव नेपालको चेतावनी– संघ र प्रदेशको चुनावमा घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ला

काठमाडौं, माघ ७-
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कार्यकर्तालाई घण्टीलाई भोट हालेको प्रमाण भेटिए गाह्रो पर्ने चेतावनी दिएका छन्। नेकपा एस रौतहट काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले रौतहटका कार्यकर्तालाई यस्तो चेतावनी दिएका हुन्।
अध्यक्ष नेपालले संघ र प्रदेशको चुनावमा घण्टी चुनाव चिन्हलाई भोट हालेकाहरुले इमान्दारपूर्वक स्कीकार गर्न आग्रह गरे ।
उनले भने, ‘सम्पर्क मञ्चका साथीहरु रौतहट जिल्लामा गएर घण्टीलाई भोट दिनुपर्यो भन्नुभयो रे सुन्नमा आएको छ’, ‘हैन कम्रेड मलाई त्यै लागेको हुनाले मैले घण्टीको प्रचार गरेँ, प्रत्यक्षमा त कलममै हालेको थिएँ, समानुपातिकमा घण्टीमा दिउँ लाग्यो मलाई उसको बोलीले मलाई मोहित गर्यो, उसको सम्बोधनले कामको प्रचारले मपनि प्रभावित भएँ भन्नुभयो भने इमान्दार हुनुहुन्छ भन्ने हुन्छ। होइन भने भोलि प्रमाण फेला पर्यो भने गाह्रो पर्ला फेरी।’



























