राजनीति
कांग्रेस सांसद खतिवडाको आरोपः गृहमन्त्री लामिछानेले मिडियामा हौवा सिर्जना गरेर सस्तो लोकप्रियता आर्जन गरेको छ
०

काठमाडौं, माघ ७-
कांग्रेस सांसद रामहरी खतिवडाले गृहमन्त्री रवि लामिछानेले सस्तो लोकप्रियताका लागि मिडियामा हौवा फिँजाउन वक्तव्यवाजी गरेको भन्दै आपत्ति जनाएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकको शुरुमै सांसद खतिवडाले गृह मन्त्रालयबाट शुक्रवार राति जारी भएको वक्तव्य अपराध संहिताविपरीत भएको भन्दै यसलाई गृहमन्त्रीको फण्डाको संज्ञा दिए ।
गृहमन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै एमाले सांसद लक्ष्मी प्रसाद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको जनाएको थियो ।
खतिवडाले गृहमन्त्रीले मिडियामा हौवा सिर्जना गरेर सस्तो लोकप्रियता आर्जन गर्न खोजेको आरोप लगाए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























