राजनीति
पहिलो पटक ताप्लेजुङमा महिला सीडीओ बन्दै
०

ताप्लेजुङ, माघ ७-
पहिलो पटक ताप्लेजुङमा महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्ने भएको छ ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलको सरुवा भएपछि जिल्लामा पहिलो पटक महिला प्रजिअ गोमादेवी चेम्जोङ बन्ने भएको हो।
अहिलेका ताप्लेजुङका सीडीओ पोख्रेल काभ्रेपलाञ्चोकमा सरुवा हुनुभएको छ । चेम्जोङ भने गृह मन्त्रालय सिंहदरबारबाट सरुवा भएर आउन लाग्नुभएको हो । चेम्जोङले यसअघि भोजपुरको जिल्ला प्रशासन कार्यालय सम्हाली सक्नुभएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























