राजनीति
सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
०

काठमाडौँ, माघ ७-
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक अहिले ११ बजेका लागि बोलाउनुभएको छ ।
संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार उक्त बैठक नयाँबानेश्वरस्थित संसद् भवनमा बस्नेछ । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित भएपछि बोलाउनुभएको यो पहिले सर्वदलीय बैठक हो । उहाँ यही माघ ५ गते प्रतिनिधिसभाबाट एक सय ६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनुभएको हो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























