राजनीति

उपसभामुख निर्वाचन आज, रानामगर र यादवबीच प्रतिस्पर्धा

Banner

काठमाडौं, माघ ७–

प्रतिनिधि सभाको उपसभामुखका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवबीच प्रतिस्पर्धा हुने भएको छ।

आज दिउँसो हुने निर्वाचनका लागि सत्ता साझेदार दलतर्फकी उम्मेदवार रानामगरलाई रास्वपाकै सोविता गौतमले प्रस्ताव गरेकी हुन्। नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक छन्।

यस्तै कांग्रेसकी यादवको प्रस्तावकमा बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन्। निर्वाचन अधिकृत तथा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा उपसभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ।

प्रतिनिधिभा सभामुखमा बिहीबार एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>