खैरहनी

आठौं खिचरा महोत्सव आजदेखि सुरु

Banner

चितवन, पुस २८–

पूर्वीचितवनको खैरहनी नगरपालिका–५ जबकौली (गौचरन)मा आज (विहीबार)देखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ ।

महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले समुद्घाटन गर्नुभएको छ । सो क्रममा बोल्दै गृहमन्त्री लामिछानेले थारु समुदायको कलासँस्कृति सरंक्षरणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया थारु सँस्कृतिको माघी पर्व सबै समुदायको साझा पर्वको बन्न सफल भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा खिचरा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिनुभयो । थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उहाँले जानकारी दिनुभयो । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ ।

महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । उद्घाटन सत्रमा महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने थाकसका अध्यक्ष चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, उपप्रमुख खेम महतो, थारु अगुवा राजेन्द्र प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

खिचरा महोत्सवमा शुक्रबार कराँते प्रतियोगिता

खिचरा महोत्सवमा शुक्रबार र शनिबार जिल्ला स्तरीय सितोरियो कराँते प्र्रतियोगिता हुने भएको छ । नेपाल सितोरियो कराँते डो संघ चितवन तथा उपशाखा डोजो पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा २२ वटा डोजोका २६० खेलाडीहरुको सहभागीता रहनेछ । शुक्रबार बिहान ९ बजेदेखि शुरु हुने सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोले जानकारी दिए ।

आजदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाईसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ । भोली ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए । यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>