चितवन विशेष

हाकिमचोक–जगतपुर खण्ड राजपत्रमा प्रकाशित मापदण्ड अनुसार हुनुपर्ने माग

Banner

चितवन, पुस २८–

भरतपुर–माडी–ठोरी हुलाकी राजमार्ग अन्तर्गत पर्ने हाकिमचोक–जगतपुर सडक खण्डको मापदण्ड सरकारले राजपत्रमा प्रकाशित गरेअनुसार हुनुपर्ने स्थानीयले माग गरेका छन् ।

पुस २७ गते बसेको स्थानीयको भेलाले हाकिमचोक–गितानगर–जगतपुर खण्डलाई नेपालको राजपत्रमा प्रकाशित भएको मापदण्डअनुसार विस्तार गर्न माग गरेको हो । उनीहरुले माघ २ गते स्थानीयहरुको हस्ताक्षर संकलन गरेर भरतपुर महानगरपालिका, सडक डिभिजन र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने तयारी समेत गरेका छन् ।

सडक डिभिजन र भरतपुर महानगरले सडकको क्षेत्राधिकारबारे फरक–फरक मापदण्ड हुने बताएपछि स्थानीय अन्यौलमा परेका छन् । त्यसै कारण तीन वटा निकायमा ज्ञापन पत्र बुझाउने निर्णय गरिएको स्थानीय राजन कुमार श्रेष्ठले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>