खैरहनी

खिचरा डान्स आइडलको अडिसनबाट १५ जना छनोट, अन्तिम प्रतिस्पर्धामा २५ प्रतियोगी भिड्ने

Banner

चितवन, पुस २४–

आठौं खिचरा महोत्सवमा हुने विद्यालय स्तरीय खिचरा डान्स आइडलको अडिसन सम्पन्न भएको छ । खैरहनी–५, स्थित खिचरा महोत्सवको सचिवालयमा भएको अडिसनबाट १५ जना प्रतियोगिहरु अन्तिम चरणका लागि छनोट भएका छन् । अन्य १० जना डिजिटल अडिसनबाट छनोट भइसकेको अडिसनका संयोजक हरिशरण चौधरीले जानकारी दिए ।

अडिसनबाट २५ जना विद्यार्थीहरु फाइनल राउण्डमा प्रवेश गरेका छन् । उनीहरुले महोत्सवको स्टेजमा ३० गते आ–आफ्नो प्रस्तुती दिनेछन् । खिचरा डान्स आइडल हुनेले नगद ३० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्तगर्नेछ । यस्तै दोश्रो हुनेले नगद २० हजार सहित प्रमाणपत्र पाउनेछन भने तेश्रोहुनेले १० हजार नगद र प्रमाणपत्र प्राप्तगर्नेछ ।

स्कुले उमेरका भाइ बहिनीहरुको प्रतिभालाई सम्मान स्वरुप यो स्कुल स्तरीय खिचरा डान्स आइडल आयोजना गर्न लागिएको नृत्य समितिका संयोजक चौधरीले जानकारी दिनुभयो । पूर्वी चितवनको खैरहनी–५ जबकौली, दुर्गा मन्दिर परिसरमा यहि पुस २८ गतेदेखि माघ ४ गते सम्म खिचरा महोत्सव आयोजना हुँदैछ । डान्स आइडल छनौटका लागि नायक तथा गायक रोहित सिंह चौधरी र नायिका मुस्कान चौधरी निणार्यकको रुपमा रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>