Breaking News

भरतपुर शुक्रनगरका सन्तोष न्यौपाने भारतको संस्कृत विश्वविद्यालयमा सर्वोत्कृष्ट

Banner

चितवन, पुस १९-

भरतपुरका सन्तोष न्यौपाने भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा प्रथम भएका छन् ।

भरतपुर महानगरपालिका–२५ शुक्रनगरका सन्तोष न्यौपानेले ज्योतिष संकायतर्फ स्नातकोत्तर (आचार्य) मा सर्वाधिक अंक प्राप्त गरेका हुन् । फलित ज्योतिषमा एक हजार ३४४ अंक ल्याएका उनी ज्योतिष शास्त्रमानै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी बने ।

विश्वविद्यालयको ४०औं दिक्षान्त समारोहमा उनलाई विश्वविद्यालयसँगै फलित ज्योतिषमा उत्कृष्ट बनेको भन्दै दुई वटा स्वर्ण पदकले सम्मान गरिएको थियो । सामान्य किसान परिवारमा हुर्किएका न्यौपानेले नेपालमा एसएलसी पासपछि भारतमानै गएर संस्कृत पढेका थिए । उत्कृष्ट बनेसँगै न्यौपाने पिएचडीको तयारीमा लाग्ने बताएका छन् । न्योपानेले संस्कृत र संस्कृतिको विकासका लागि सधै कृयाशिल रहने बताउँदै सनातन संस्कृति रक्षार्थ सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गरेका छन् ।

स्नातक (शास्त्री) तहमा १२ कम हुँदा कम हुँदा उनी मेडलबाट चुकेका थिए । यद्यपि अहिले उनै न्यौपानेले आफ्नो प्रतिस्पर्धी भन्दा १४७ नम्बर बढी ल्याउँदै विश्वविद्यालय प्रथम बनेका हुन् । न्यौपानेको शुक्रनगरमा बुबा र आमा छन् । पाँच दिदीको विवाह भइसकेको छ । न्यौपानेले नारायणी अनलाइनलाई भने, ‘ ज्योतिषी क्षेत्रलाई केवल आर्थिक आम्दानी मात्रको लागि प्रयोग नगरी यो प्राचीन विज्ञानलाई विश्वसामु परिचित बनाउने लक्ष्य छ ।’ उनले १३ वर्षको उमेर घर छाडेका थिए । तीन वर्ष दाङमा अध्ययन गरेपछि त्यहाँबाट एसएलसी पास गरेर भारतको बनारस गएर उच्च शिक्षा लिएका हुन् ।

सन् १७९१ मा स्थापना भएको यस विश्वविद्यालय भारतको प्राचिन मध्येको एक विश्वविद्यालय हो । यहाँ भारतसहित नेपाल, थाइल्याण्ड, बर्मालगायतका देशबाट विद्यार्थीहरु पढ्न आउँछन् । उनीसँगै नवलपुर दलदलेका कृष्ण भूर्तेलले नब्बे न्याय र बाजुरा बडिमालिकाका सिद्धराज उपाध्यायले पुरान इतिहासमा १÷१ स्वर्ण पदक प्राप्त गर्दै विश्वविद्यालय प्रथम बनेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>