Breaking News

भरतपुर महानगरको अवैध संरचना भत्काउने सूचनाको म्याद सकियो, अब डोजर चलाइँदै

Banner

चितवन, पुस १८–

भरतपुर महानगरपालिकाले भोलिदेखि अवैध संरचना भत्काउन थाल्ने भएको छ । मापदण्ड विपरित बनेका संरचना आफै भत्काउन महानगरले दिएको समय सिमा आज सकिँदै छ । महानगरले मंसिर १३ गते ३५ दिने सूचना जारी गरी मापदण्ड विपरित निर्माण भएका भवन, सिमा पर्खाल र अस्थायी टहरा हटाउन भनेको थियो ।

सार्वजनिक जमिनमा स्वीकृति नलिई निर्माण भएका संरचना, सडक क्षेत्राधिकार मिचेर निर्माण गरिएको घरटहरा, नक्सापासमा वेसमेन्ट पार्किङको स्वीकृति लिई अन्य प्रयोजनमा प्रयोग भइरहेका बेसमेन्ट, स्वीकृति नलिई घर अगाडि हालिएका ट्रस, जस्ता राखेर बनाइएको संरचना महानगरले हटाउन भनेको थियो ।

पहिलो चरणमा महानगरभित्रको सार्वजनिक जमिन कब्जा गरेका, सार्वजनिक जमिन भोगाधिकार लिई व्यापारिक प्रयोजनमा भाडामा दिएका र सडक अधिकार क्षेत्र मिचेका संरचनाहरु भत्काउन लागिएको महानगरका इन्जिनियर सागर कार्कीले जानकारी दिए । उनका अनुसार महानगरले कुन सडकको सडक अधिकार क्षेत्र कति हुने भनेर सार्वजनिक गरिसकेको छ । महानगरमा अब बन्ने नयाँ सडकको चौडाइ कम्तीमा छ मिटर हुनुपर्ने मापदण्ड छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>