राजनीति

प्रचण्डजीको व्यवहारबाट दुखित छु : माधव नेपाल

०
Banner

काठमाडौं, पुस १३–

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यवहारबाट दुखित भएको बताएका छन्।

पार्टी कार्यालयमा मंगलबार आयोजित सुदूरपश्चिमबाट निर्वाचित सांसदहरुलाई बधाई दिने कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

‘हाम्रो पार्टीलाई जानकारी नदिई प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। हामीलाई थाहा छैन। पत्रिकामा फोटो देखेर न हामीले थाहा पाएका हौं। हामीलाई बोलाइदिनुपर्‍यो भन्दै कुद्नुपर्थ्यो कि । हामीलाई पनि सामेल गर्देउ भन्दै जानुपर्ने हो कि ?’ नेपालले भने, ‘मैले यति भनेको छु, प्रचण्डजीको यो व्यवहारबाट म दुखित छु।’

उनले प्रचण्डले शेरबहादुर देउवासँग एक्लै गएर प्रधानमन्त्री लिने कुरा गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। ‘मैले नै प्रचण्डलाई अघि सर्नुपर्छ भनेको हो। तर शेरबहादुरजीसँग एक्लै कुरा गरेर प्रधानमन्त्री बन्ने कुरा ल्याउनुभयो। सुटुक्क जाने खुसुखुसु कुरा गर्ने गर्नुभयो। म कड्किएँ र सिंगो प्याकेजमा कुरा गर्नुपर्छ भनेँ’नेपालले भने।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>