देश/प्रदेश

रासस समाचार प्रभावः प्रकाशले पाए ह्विलचियर

०
Banner

जुम्ला,कात्तिक १९-

जुम्लास्थित सामाजिक विकास कार्यालयले यहाँको तिला गाउँपालिका–१, रारा गाउँका अपाङ्गता भएका प्रकाश रावतलाई ह्लिचियर प्रदान गरेको छ ।

पूर्ण रूपमा शारीरिक अपाङ्गता भएका आठ वर्षीय रावतलाई ह्लिचियर नहुँदा निकै समस्या भएको थियो । यस विषयमा राष्ट्रिय समाचार समिति रासस ले कात्तिक १२ गते ‘ह्विलचियर नहुँदा प्रकाशलाई समस्या’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशनपछि सामाजिक विकास कार्यालयले रावतलाई ह्लिचियर प्रदान गरेको हो ।

कार्यालय प्रमुख टोपबहादुर बुढाले अपाङ्गता भएका रावतको सहजताका लागि ५० हजार बराबरको ह्लिचियर प्रकाशकी आमा ज्योति रावतलाई आज प्रदान गरिएको जानकारी दिनुभयो ।

छोरालाई सहायक सामग्री अर्थात् ह्लिचियरको अभावमा हिँडडुल गर्न कठिन भएको थिए । कार्यालयले ह्लिचियर दिएपछि सहज हुने प्रकाशकी आमा ज्योति रावतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “छोराले बोल्न र हिँडडुल गर्न सक्दैन, घरपरिवारको एक जनाको साहरा चाहिन्छ । सहायक सामग्री अभाव हुँदा निकै कष्ट सहनुपरेको थियो ।” पाँच वर्ष अगाडि आइएनएफ नेपालले प्रकाशलाई एक ह्लिचियर प्रदान गरेको थियो । अहिले बिग्रिएर कामै नलाग्ने अवस्थामा छ । नयाँ ह्लिचियरका लागि सामाजिक विकास कार्यालयले प्रदान गरेसँगै छोरालाई बस्न र आवजावत गर्न राहत पुग्ने रावतको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>