राजनीति

अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल सांसद बनेपछि अबको अध्यक्ष को बन्ला ?

Banner

काठमाडौं, पुस १२–

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको वर्तमान अध्यक्ष सुनिता बराल प्रतिनिधि सभा तर्फको समानुपातिक सांंसद बनेकी छन् । बराल सांसद बनेपछि अनेरास्ववियु केन्द्रीय कमिटीमा अबको महाधिवेशन पछिको अध्यक्ष को भन्ने विषयमा बहस चल्न थालेको छ ।

अखिलका वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालसँगै सुदुरपश्चिमका मोती विक ‘महेन्द्र’को नाम पनि अबको अध्यक्षको चर्चामा छ । मोती विक हाल संगठनका केन्द्रिय उपाध्यक्ष हुन् । साथै, उनी नेकपा (एमाले) विशेष प्रदेश कमिटी सदस्यको रुपमा पनि काम गरिरहेका छ्न् । उनी नेकपा फुटेपछि एमालेका केन्द्रीय कमिटि सदस्य समेत बनेका थिए।

विसं २०६५ सालमा नेपाल कमर्श क्याम्पस, मिनभवनमा छँदा तत्कालीन अनेरास्ववियुकी अध्यक्ष रामकुमारी झाक्रीले उनलाई स्ववियु उपसभापतिको उमेदवार बन्नबाट रोकेकी थिइन् । त्यसपछि बागी उम्मेदवारी दिएर स्ववियु उपसभापतिमा निर्वाचित भएका विक समाजिक न्याय र जातिय मुक्तिको आन्दोलनमा पनि अग्रसर देखिन्छन्।

विसं २०५४ सालमै विद्यार्थी राजनीति सुरु गरेका उनी २०६८ सालमा अनेरास्ववियुको केन्द्रिय सदस्य मनोनीत भएका थिए। आफुलाइ नेतृत्व दिए विद्यार्थी आन्दोलनमा देखिएको निराशा चिर्न सकिने र विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउने उनी बताउँछन् ।

आसन्न महाधिवेशन पश्चात् उनलाइ संगठनको अध्यक्ष बनाएर गए भौगोलिक हिसाबले र जातीय हिसाबले पनि न्याय हुने कुरा अखिलकै नेताहरु बताउँछन् । वरिष्ठ उपाध्यक्ष रहेका आरसी लामिछाने र महासचिव समिक बडालको लडाईले मोती विक नेतृत्वमा आउनसक्लान त ? यो सबै विद्यार्थीहरुलाई चासोको बिषय बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>