चितवन विशेष

अरोमा स्कुल अनिश्चितकालका लागि बन्द

Banner

चितवन, पुस ७–

भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित अरोमा इङ्गलिस सेकेण्डरी स्कुल मंगलबारदेखि बन्द छ । स्कुलमा तोडफोड भएपछि अनिश्चितकालका लागि स्कुल बन्द भएको हो । छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित विद्यार्थीले स्कुल बस र भवनमा क्षति पु¥याएका हुन् ।

स्कुलमा ठूलो भौतिक क्षति भएकाले मर्मत गर्ने काम भइरहेको स्कुलका सहायक प्रिन्सिपल नेत्र भुसालले बताए । विद्यार्थीले गरेको भौतिक क्षतिको खर्च स्कुल आफैले व्यहोर्ने भएको छ । बन्द रहेको स्कुल सञ्चालनका लागि विद्यार्थी र अभिभावकसँग पनि छलफल भइरहेको उनले बताए ।

‘स्कुल बसलगायत तोडफोड भएका वस्तुको मर्मत गर्ने काम भइरहेको छ । सकभर भोलि स्कुल सञ्चालन गर्छाैँ, नभए सोमबारबाट सञ्चालन गर्ने तयारी छ’, उनले भने । यौन दुर्व्यवहारका आरोपित शिक्षक रामकृष्ण सुवेदीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ ।

स्कुलले आरोपित शिक्षक सुवेदीमाथि अनुसन्धान गर्न प्रहरीलाई सहयोग गर्ने बताएको छ । विद्यार्थी र अभिभावकलाई पनि मुद्धाको विषयमा सहजिकरण गर्ने निर्णय भएकाले छिट्टै विद्यालय खोल्ने तयारी भएको भुसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>