Breaking News

भरतपुरको अरोमा कलेजका शिक्षकले सम्बेदनशिल अंगहरुमा छुने गरेको छात्राहरुको आरोप

०
Banner

प्रतिमा कुमाल

चितवन, पुस ५–

भरतपुर महानगरपालिका–१० बालमन्दिर सडक स्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुव्र्यबहार भएको भन्दै विद्यार्थी आन्दोलित भएका छन् ।

कम्प्युटर ल्याबका आरोपित शिक्षकलाई कलेजले कारबाही नगरेको भन्दै आज (मंगलबार) विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । विद्यार्थीहरु कलेजभित्र कलेजको ब्यानर र आफूले लगाएको टाई बालेर प्रदर्शन गर्नुका साथै तोडफोडमा पनि उत्रिएका छन् । प्रदर्शनपछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

आरोपित शिक्षकले विद्यार्थीलाई कम्युटर सिकाउने बहानामा सम्बेदनशिल अंगहरुमा छुने गरेको कलेजकी छात्रा निलम मगरले बताइन् । कक्षा ११ मा अध्ययनरत मगरले भनिन्, ‘एकजना मात्र पीडित भएका होइनन् । कम्प्युटर कक्षा लिने धेरै छात्रा पीडित भएका छन् । नराम्रो तरिकाले सम्बेदनशिल अंगहरुमा छुने गरेको छ । फेसबुक म्यासेन्जरमा नराम्रो म्यासेज गर्ने गरेको पाइएको छ ।’

मगरले बारम्बार कलेज प्रशासनलाई जानकारी गराउदा पनि कुनै कारबाही नभएपछि आन्दोलनमा उत्रिएको नारायणी अनलाइनलाई बताइन् । ‘कलेज प्रशासनलाई सुवेदीलाई कलेजबाट निस्कासन गरियोस् भन्ने माग गरेका थियौं । निकाला गर भन्दा प्रहरी प्रशासन लागेको छ,’ उनले भनिन् । सोही कलेजमा अध्यनरत शुसी तामाङले विद्यालयको सीसी क्यामेरामा कैद भएको प्रमाण कलेजले नष्ट गरेको आरोप लगाइन् ।

आन्दोलित विद्यार्थीहरुले कलेजको प्रतिष्ठा खलबलिने डरले घटना दबाउन खोजेको आरोप लगाएका छन् । कलेजले न्याय दिन्छ भन्ने आशामा घटना भएको चार दिनसम्म आफूहरु चुपलागेर बसेको विद्यार्थीहरुको भनाइ छ । आरोमामा आफ्नो छोरा पढाउँदै आएका गैंडाकोटका रामचन्द्र भट्टराईले घटना एकदमै दुःखद् भएको गुनासो गरे । शिक्षकबाट नै विद्यार्थी जोगाउन गारो भएको दुःख व्यक्त गरे । भट्टराईले घटनाको सही अनुसन्धान गरेर दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखे ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले यौन दुव्र्यवहार भएको बारेमा जानकारी आएको बताएका हुन् । उनले घटनाको अनुसन्धानको लागि आफूहरु कलेजमा नै खटिरहेको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘घटनाको बारेमा अनुसन्धान चलिरहेको छ । विद्यार्थीहरु आन्दोलित भएका छन् ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>