Breaking News

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्न पहल भइरहेको छ: मेयर रेनु दाहाल

Banner

चितवन, कात्तिक १७-

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर अस्पातलाई शिक्षण अस्पतालको रुपमा बिस्तार गर्ने गरी पहल भइरहेको बताउनुभएको छ ।

आज बिहीबार भरतपुर अस्पतालको नवनिर्मित आकस्मिक भवनको उद्घाटन गर्दै मेयर दाहालले अस्पताल केन्द्रीय अस्पताल मात्र नभई शिक्षण अस्पतालको रुपमा विस्तार गर्न पहल भइरहेको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षमा शिक्षण अस्पतालका लागि केन्द्रीय सरकारले बजेट बिनियोजन गर्ने मेयर दाहालको भनाइ थियो । देशको केन्द्र भागमा रहेको अस्पतालमा शिक्षण अस्पताल सञ्चालनका लागि प्रर्याप्त जनशक्ति रहेकाले शिक्षण अस्पताल निर्माण गरी उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिने उल्लेख गर्नुभयो ।

उहाँले अस्पतालमा निर्माण भएको कुरुवा घर र आकस्मिक भवन तोकिएकै मितिमा निर्माण सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । ३० वर्षदेखि साँघुरो र पुरानो आकस्मिक कक्ष सञ्चालन गर्दै आएको भरतपुर अस्पतालले आधुनिक सेवासहित नयाँ भवनबाट आकस्मिक सेवा सुरु गरिसकेको छ । अस्पतालले पुरानो भवनमा २० बेड क्षमताको आकस्मिक कक्ष सञ्चालन गरिरहेको थियो । अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलका अनुसार मंसिर १ गतेदेखि ५० शैया नै सञ्चालनमा आउने छ । यो भवनको माथिल्लो तलामा ट्रमा सेन्टर निर्माण गर्न सके धेरै बिरामीको ज्यान बचाउन सकिने मेसु पौडेलले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भरतपुर अस्पताललाई केन्द्रीय सरकारले देशकै महत्वपूर्ण अस्पातलको रुपमा हेर्ने गरेको बताउनुभयो । अस्पताललाई केन्द्रीय अस्पातलको सेवा सुविधा उपलब्ध गराउने गरी कामहरु अगाडि बढेको जानकारी दिनुभयो । आकस्मिक भवन केन्द्रीय बजेटबाट करिब ८ करोड खर्चेर तयार गरिएको हो । अस्पतालले ६ सय शैयाको सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>