चितवन विशेष

भरतपुरको युटेक कलेजमा सूचना प्रविधि प्रतियोगिता ‘ह्याकाथन’ सुरु

Banner

चितवन, कात्तिक १६-

भरतपुर महानगरपालिका–११ मा रहेको युटेक कलेजमा सूचना प्रविधि प्रतियोगिता‘ह्याकाथन’ सुरु भएको छ ।

तीन दिनसम्म कलेजभित्र नै बसेर नयाँ हार्डवेयर र सफ्टवेयरको विकास गर्न प्रतियोगिता गर्न लागिएको हो । नेपालका ८ वटा कलेज र दुई वटा कम्पनीका ३० जना सहभागी रहने प्रतियोगिताको पहिलो पुरस्कार ३० हजार रुपैयाँ राखिएको कलेजका विभागीय प्रमुख सुलभ अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सूचना प्रविधि बिना देशको बिकास सम्भव नभएको बताउनु भएको छ । सूचना प्रविधिमा आएको विकासलाई आधार मानेर हामी सबै देश विकासमा जुट्नु पर्ने समय आएको उहाँले प्रष्ट पार्नु भयो ।

यु टेक ह्याकाथन अल्फा कार्यक्रममा उपप्रमुख अधिकारीले भोलिको नेपाललाई मार्ग निर्देशन गर्न ह्ययाकाथन अल्फा कार्यक्रम प्रभावकारी हुनेमा विश्वास व्यक्त गर्नु भयो । स्मार्ट सिटी बनाउन सूचना प्रविधिको भरपुर प्रयोग गर्नुपर्ने उहाँको विचार थियो ।

पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकासको गति हामीले कल्पना गरेको भन्दा पनि बाहिर गएको छ उपप्रमुख अधिकारीले भन्नुभयो, ‘यो हामी नेपाल र नेपालीको लागि साह्रै खुसीको कुरा पनि हो ।’ युनाइटेड टेक क्लब र युनाइटेड टेक्निकल कलेज भरतपुर ११ को सयुक्त आयोजनामा भएको कार्यक्रममा देशभरी बाट सूचना तथा प्राविधिसँग सम्बन्धित इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले सहभागिता जनाएका छन् । उक्त ह्ययाकाथनमा सहभागी प्रतियोगीहरुले शिक्षा , चिकित्सा, साइबर सुरक्षा, कृषि, पर्यटन, जोखिम ब्यवस्थापन, बित्त, कृत्रिम बुद्विमता, बैकल्पिक उर्जा र ग्रामीण विकाससँग सम्बन्धित क्षेत्रहरुमा बिद्यमान रहेका समस्याहरुको समाधान गर्न कोडिङ मार्फत् तीन दिन भित्र प्रोजेक्ट तयार गर्ने छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>