चितवन विशेष

फोटो पत्रकार महासंघको दोस्रो महाअधिवेशन सौराहामा हुँदै, तयारी पुरा

Banner

चितवन, भदौ २८–

नेपाल फोटो पत्रकार महासंघको दोस्रो महाधिवेशन भदौ २९ देखि ३१ गतेसम्म सौराहामा हुने भएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको महासंघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

अधिवेशनको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्ने छन् । महाधिवेशनमा सबै जिल्ला र प्रदेशका गरी ६०० प्रतिनिधि एवम् पर्यवेक्षकहरु सहभागी हुने नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिए ।

महाधिवेशनमा आउने अतिथिलाई स्वागत एवम् बसोबासको व्यवस्था फोटो पत्रकार महासंघको जिल्ला कमिटी चितवनले मिलाउने महाधिवेशन मुल आयोजक समितिका सह–संयोजक कोमलचन्द्र भगतले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>