फुटबल

साफ यू १७ च्याम्पियनसिपः भारतविरुद्ध नेपालको सानदार जित

Banner

काठमाडौँ, भदौ २४–

लगातार दोस्रो जित निकाल्दै नेपाल श्रीलंकामा जारी साफ यू १७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बलियो प्रतिद्धन्द्धी भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा फाइनल प्रवेश गरेको हो ।

नेपाल समूहको विजेता र भारत उप विजेता बनेको छ । नेपालले ६ अंक जोड्दा भारतको ३ अंक मात्र छ । भुटान अंक विहिन रहँदै यसअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ । १–० ले पछि परेको खेलमा नेपालले उल्टाएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा १–१ को बराबरी गरेको नेपालले दोस्रो हाफमा २ गोल थपेको थियो । नेपालका लागि सरोज दर्लामी, युनेश बुढाथोकी र सुवास बमले समान १ गोल गरे ।

२५ औं मिनेटमा भारतका लागि ड्यानी मेतीको गोलमा भारतले अग्रता लिएको थियो । ४५ औं मिनेटमा सरोजले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफको चौथो मिनेटमा नै युनेशको गोलबाट नेपालले अग्रता लिएको थियो । ६७ औं मिनेटमा सुवासले गोल थपेका थिए । नेपाल र भारतले दुवैले पहिलो खेल जित्दै सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>