खैरहनी

नेकपा एसका खैरहनी नगर इन्चार्ज एमाले प्रवेश,महासचिवले गरे स्वागत

Banner

चितवन,भदौ २४-

नेकपा (एकीकृत समाजवादी) का खैरहनी नगरपालिका इन्चार्ज शम्भु लामिछाने नेकपा एमाले प्रवेश गरेका छन् । केन्द्रिय परिषद सदस्य र जिल्ला सचिवालय सदस्य समेत रहेका लामिछानेलाई एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदिप ज्ञवालीले पार्टी प्रवेश गराउनुभएको हो ।

उहाँहरुसंगै एस निकट मजदुर संघका केन्द्रिय सदस्य भवानी रखाल, खैरहनी नगर कमिटी सदस्य पोषराज पन्त,भोलानाथ अधिकारी,पार्टी सदस्य सुभद्रा लामिछाने,लक्ष्मी लामिछाने र अन्जु रखाल पनि एमाले प्रवेश गर्नुभएको छ । चितवनमा एकीकृत समाजवादीमा गएका अधिकांस नेता कार्यकर्ता एमालेमा फर्किएको र बाँकी रहेका अन्य पनि आउने क्रममा रहेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>