आगलागी/क्षति

चितवनको मञ्जुश्री दाना उद्योगमा आगलागी, डेढ करोड क्षती भएको दावी

Banner

चितवन, भदौ २४–

राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा विद्युत् सर्ट भई आगालागी भएको छ । कुखुराको दाना भएको उक्त उद्योगमा आगलागी हुँदा अन्दाजी एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

शुक्रबार बिहान १ः४० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय भण्डारा, दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ः२० बजेका समयमा पुर्ण रूपमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट दाना बनाउन प्रयोग हुने मेसिन, बिजुलिका सामान, गोदाममा भएको दाना लगाएतमा क्षती भएको गोदाम धनी किरण वलिको दावी रहेको छ । ईलाका प्रहरी कार्यालयका अनुसार मानवीय क्षती भने भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>