चितवन विशेष

प्रधानमन्त्री देउवा आज चितवन आउँदै

Banner

चितवन, भदौ २४–

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउँदै छन् । नेपाली कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा काङ्ग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा दिउँसो करिब १२ बजे सहभागी हुने छन् ।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलो पटक चितवन आउन लागेका हुन् । यही भदौ १० गते देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदै छ। नेपाली कांग्रेस चितवनले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी प्रधानमन्त्री देउवा शुक्रबार चितवन आउन लागेका जानकारी गराएको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार विशेश्वरप्रसाद कोइरालाको १०९औँ जन्मजयन्तीको अवसरमा अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न गर्न लागिएको हो । सो अवसरमा ज्येष्ठ राजनीतिकर्मी सम्मान, द्वन्द्व पीडित व्यक्तिहरुको सम्मान र मरणोपरान्त सम्मान गर्न लागिएको छ । जिल्लाका १५० भन्दा बढी व्यक्तिलाई सो अवसरमा सम्मान गर्न लागिएको खनालले जानकारी दिए ।

अभियानमा जिल्ला कार्यसमितिले पार्टीका आम संरचनालाई परिचालन हुन अपिल गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन लक्षित अभियानमा तीनवटै क्षेत्रिय कार्यसमितिको आयोजनामा क्षेत्रअन्तर्गत महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेसभा कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापतिहरुको बीचमा अन्तरक्रिया, जिल्लाको आयोजनामा महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरुबीच अन्तरक्रिया, सबै वडाका पार्टी सभापति, निर्वाचित वडाध्यक्ष, पालिका प्रमुख तथा उपप्रमुखहरु बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>