खेलकुद

‘तेस्रो द ब्रिटिस कप २०२२’ को उपाधि ब्रिटिस कलेजले जित्यो

Banner

काठमाडौँ, साउन २३–

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो द ब्रिटिस कप २०२२’ इन्टर कलेज फुटसल प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । सो प्रतियोगितामा काठमाडौंका विभिन्न १३ वटा कलेजहरूबीच फुटसल प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको उपाधिका लागि ब्रिटिस र एपेक्स कलेजबीच प्रतिस्पर्धा भएको थियो । फाइनल खेलमा ब्रिटिस कलेजले एपेक्सलाई पेनाल्टी सुटआउटमा पराजितगर्दै उपाधि जित्यो । निर्धारित समयमा दुवै टिम एक–एक गोल गर्न सफल भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

विजेता टोली द ब्रिटिस कलेज ब्लु टिमले एक लाख नगद पुरस्कार जितेको छ । उपविजेता एपेक्स कलेजले पचास हजार नगद पुरस्कार जितेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी कप्तान अर्जुन श्रेष्ठ भएभने उत्कृष्ट गोलरक्षक नोवाहाङ लिम्बु भए । उनीहरु दुवैले १० हजार नगद जिते ।

कप्तान अर्जुनले उत्कृष्ट खेलाडीको अवार्ड जितेपछि भने,‘टिमको खेल प्रदर्शन प्रति गर्व छ । साथै प्रतियोगिताभर हौसला प्रदान गर्ने दर्शकप्रति धन्यवाद दिन चाहन्छु ।’
द ब्रिटिस कलेजका म्यानेजिङ डाइरेक्टर महेन्द्रराज कँडेलले भने,‘हाम्रो विद्यार्थीहरुले प्रतियोगितामा सहभागी मात्रै भएनन्, प्रतियोगिता जित्न पनि सफल भए । उक्त सफलता प्रति हामी गर्व गछौँ । साथै, यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुर्याएका सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’

दुईवर्ष कोरोना महामारीका कारण यो प्रतियोगिता हुन सकेको थिएन । यो प्रतियोगिताको मुख्य प्रायोजक ब्रिटिस अमेरिकन एडुकेयर रहेको थियो । त्यस्तै अन्यमा एयरलाइन्स पार्टनरः टर्किस एयरलाइन्स, ट्राभल पार्टनर स्वा ट्राभल्स, होलिडे ट्राभल्स, सिनेमा पार्टनर, क्युएफएक्सः हस्पिटालिटी पार्टनर, मोजो बुटिक होटलर मेडिकल पार्टनर भयोदा हस्पिटल प्रायोजक रहेका थिए । ।प्रतियोगिताको साइनेज पार्टर ब्राइट एलइडी रहेको थियो भने सहयोगी पार्टनर कता खेल्ने रहेको थियो ।

सो कार्यक्रममा ब्रिटिस कलेजसहित लिटल एन्जल्स, सफ्टोरिका, प्राइम, एपेक्स, आइआइएमएस, सिल्भर माउन्टेन, पिसिपीएस कलेज, एस इन्टरनेशनल, थेम्स कलेज, क्याम्पियन कलेज, कुसोम, द ब्रिटिस प्रोफेसनल कलेजले प्रतियोगितामा भाग लिएका थिए ।

द ब्रिटिस कलेजका मार्केटिङ प्रमुख अमरदिप मण्डलले भने,‘यो कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैलाई धन्यवाद छ । टोर्नामेन्ट सफलतापुर्वक सम्पन्नगर्न महत्वपुर्ण भुमिका खेलेकाहिमालकार्की र सुदीप भट्टराई विशेष धन्यवाद । आगामीवर्ष योभन्दा ठुलो र भव्यतरिकाले चौथो ब्रिटिस कपको तयारी गर्ने प्रतिवद्धता गर्छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>