तनहुँ

फेरि देखिदै डेङ्गु, दमौलीमा सात बिरामी भेटिए

Banner

तनहुँ, साउन १३–

तनहुँको सदरमुकामस्थित दमौली अस्पतालमा सात जनामा डेङ्गुको लक्षण भेटिएको छ ।

अस्पतालमा उपचारमा आएका बिरामीमध्ये स्वास्थ्य परीक्षणका क्रममा डेङ्गुका बिरामी भेटिएको हो । पछिल्लो समय सङ्क्रमणजन्य बिरामीको चाप बढिरहेको बेला डेङ्गुका बिरामी पनि देखिएको दमौली अस्पतालका एमडिजिपी डा राजु रानाले बताउनुभयो ।

उहाँका अनुसार दमौली अस्पतालमा दैनिक दुई सय न्दा बढी बिरामी विभिन्न समस्याको लागि उपचारको लागि आउने गरेका छन् । अस्पतालमा पछिल्लो समय ज्वरो, टाईफाइड, निमोनिया लगायतका बिरामी अत्यधिक मात्रमा रहेका छन् ।

बिहीबार इमर्जेन्सीमा चार जना र ओपिडीमा तीन जनामा डेङ्गुका बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो । एक सय डिग्रीभन्दा बढी ज्वरो आउने, आँखाको गेडी दुख्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने, कमजोरी हुने डेङ्गुको मुख्य लक्षण हुने डाक्टर रानाले बताउनुभयो ।
अस्पतालमा ब्यास नगरपालिका वडा नं १०, १२, ५ र ३ लगायतका वडाका २० देखि ४० वर्ष उमेरका रहेका छन् । जसमध्ये महिलाको सङ्ख्या अत्यधिक रहेको सो अस्पतालले जनाएको छ ।

बिरामीको लक्षणको आधारमा आइजिजी र आइजिएम परीक्षण गरिनेछ । उहाँले भन्नुभयो, “बिरामीको अवस्था गम्भीर भएको देखिएमात्रै अन्यत्र सम्बन्धित अस्पतालमा रिफर गरिनेछ ।” रिफर गर्नुअघि बिरामीको दैनिक कीट जाँचको लागि पोखरा या काठमाडौँस्थित टेकु अस्पतालमा पठाउने गरिएको उहाँले बताउनुभयो ।

दमौलीमा एक वर्ष अघि फाट्टफुट्ट मात्रमा डेङ्गुका बिरामी देखिने गरे पनि हिजाआज बढी देखिन थालेको अस्पतालका अहेव मदन गौतमले बताउनुभयो । डेङ्गु विशेष गरी लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा साँझमा बाहिर ननिस्कने, शरीर ढाक्ने लामो लुगा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । डेङ्गु भएका बिरामीले कमजोर महसुस गर्ने हुँदा झोलिलो र तागतिलो खानेकुरा खानको लागि चिकित्सकले सुझाव दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>