चितवन विशेष

रोयल इन्टरनेशनल कलेजको सम्बन्धन प्राप्त निकायबाट अवलोकन

Banner

चितवन, असार २६–

चितवनको भरतपुर महानगरपालिका–१ बालकुमारी कलेज रोड नारायणगढमा रहेको रोयल इन्टरनेशनल कलेज अफ होटेल म्यानेजमेन्टको सम्बन्धन प्राप्त निकायबाट अवलोकन गरिएको छ ।

स्कटल्याण्डको स्कटिस क्वालिफिकेशन अथोरिटीको तर्फबाट साउथ एसियाकी इन्टरनेशनल रिजनल म्यानेजर मार्गरेट चुरानले कलेजको अवलोकन गरेकी हुन् । अवलोकन पश्चात नारायणगढमा आयोजित कार्यक्रममा बोल्दै चुरानलले स्कटल्याण्डको सरकारी मान्यता प्राप्त संस्थाबाट रोयल इन्टरनेशनस्वीकृत प्राप्त कलेज भएकाले विद्यार्थीको भविष्य उज्वल रहेको बताइन् । उनले यहाँ शिक्षा लिएपछि थप उच्च शिक्षाका लागि विदेश जान पनि सकिने र स्वदेशमै रोजगारीको प्रशस्त अवसर समेत रहेको बताइन् ।

स्कटिस क्वालिफिकेशन अथोरिटी नेपालको सिटिईभीटी जस्तै सरकारी संस्था हो । यसले विश्वका विभिन्न देशहरुमा होटेल म्यानेजमेन्ट सम्बन्धी अध्यापनका लागि स्वीकृति दिने गरेको छ ।

कार्यक्रममा बोल्दै एलसीसीआई ग्लोबल क्वालिफिकेशनका चिफ अपरेटिभ अफिसर रोशन राठीले एलसीसीआईले उत्कृष्ट पाठ्यक्रम बनाएको भन्दै विद्यार्थीको भविष्य उज्वल बनाउन तर्फ संस्था केन्द्रीत रहेको बताए । उनले आफूहरुले बनाएको पाठ्यक्रम कोर्ष अन्य ६ देशहरुमा समेत लागू भइरहेको जानकारी दिए । एलसीसीआई विभिन्न विषयवस्तुलाई समेटेर पाठ्यक्रम निर्माण गर्दै आइरहेको छ । यस पाठ्यक्रमलाई स्कटल्याण्डको स्कटिस क्वालिफिकेशन अथोरिटीले मान्यता समेत दिएको छ ।
सन् २०१८ मा नारायणगढमा स्थापना भएको रोयल इन्टरनेशनल कलेजले हालसम्म २ सय भन्दा बढी दक्ष कामदार उत्पादन गरि सकेको छ ।

यस कलेजमा २१ महिनाको एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट र १५ महिनाको डिप्लोमा इन म्यानेजमेन्ट विषयमा पढाई हुने गरेको छ । २१ महिने कोर्षमा १५ महिना सैद्धान्तिक पढाई र ६ महिना तारे होटलमा इन्र्टनसिपको रुपमा पढाई हुने कलेजका प्रमुख आशिष घिमिरेले जानकारी दिए । १५ महिने कोर्षमा ९ महिनामा कलेजमा पढाई र ६ महिना तारे होटलमा इन्र्टनसिप हुने गरेको घिमिरेले बताए । यहाँ होटल सम्बन्धी कुक, वेटर, बारिस्ता, हाउसकिपिङलगायतका सीपहरु सिकाइन्छ । यहाँ सिप सिकेकाहरु कोही थप शिक्षाका लागि अष्ट्रेलिया पुगेका छन् भने धेरैजसो नेपालकै तारे होटलहरुमा रोजगारीमा रहेका छन् ।

यहाँ अध्ययनरत विद्यार्थीहरुले क्रेडिट ट्रान्सफरको रुपमा अष्ट्रेलिया। युके, अमेरिका, फ्रान्स, न्यूजील्याण्डलगायतका देशमा सिधै व्याचलर दोस्रो वर्षमा अध्ययन गर्न जान पाउछन् । यहाँ अहिले २१ महिने कोर्षमा ७० जना भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विहान ४ घण्टा अध्यापन हुने यस कलेजमा चितवनसहित छिमेकी जिल्लाहरु नवलपुर, तनहुँलगायतका जिल्लाबाट विद्यार्थीहरु आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>