खेलकुद
मैत्रीपूर्ण फुटबलः नेपाल र ओमान भिड्दै
०

काठमाडौं, जेठ २०-
एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ ।
दोहामा हुने खेल राति १० बजे सुरु हुनेछ । बलियो टोली ओमानविरुद्ध नेपाल आफ्नो स्तरको परीक्षा लिनेछ ।
यसअघि नेपालले कतारमा दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेलमा नेपालले टिमोर लिस्टेसँग २–२ गोलको बराबरी हो । २–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्कँदै २–२ को बराबरी गर्न सफल भएको थियो ।
यस्तै, दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । एएफसी कपका लागि कतारमा अभ्यास पूरा गरेपछि नेपाली टिम भोलि कुवेत प्रस्थान गर्नेछ । समूह ‘बी’ मा रहेको नेपालले २५ जेठमा जोर्डन, २८ गते कुवेत र ३१ गते इन्डोनेसियासँग खेल्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























