खेलकुद
युरोपा च्याम्पियन्स लिगको उपाधि रियल म्याड्रिडलाई

काठमाडौँ, जेठ १५–
युरोपा च्याम्पिन्स लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । पेरिसमा शनिबार राति भएको फाइनल खेलमा इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।
योसंगै रियल रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको छ । रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा गोल गरेका थिए ।
लिभरपुलको थुप्रै प्रयास रियलका गोलकिपर थिवाउट कोर्टुवाले विफल पारेका थिए । रोमाञ्चक बनेको खेलको १६औं मिनेटमा क्लोज रेन्जबाट लिभरपुलका मोहम्मद सलाहले गरेको प्रहारलाई रियलका गोलरक्षक कोर्टुवाले उत्कृष्ट बचाउँदै गर्दै शानदार सुरुवात गरेका थिए । २१औं मिनेटमा साडियो मानेले सुवर्ण अवसर खेर फाल्दा लिभरपुल अग्रता लिनबाट चुक्यो ।

त्यस्तै ४२औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपनि भिएआरमा अफसाइड ठहरिदा गोलले मान्यता पाएन । ५८औ मिनेटमा मोहम्मद सलाहको प्रयासलाई डेभिड अलाबा र गोलरक्षक कोर्टुवाले ब्लक गर्दै रियलको संकट टारे । लगत्तै काउन्टर अट्याकमा फेडे भाल्भेर्डेको पासमा एलेक्सान्डर आर्नोल्डलाई बिट गर्दै भिनिसियस जुनियरले ६ यार्ड बक्सबाट सहज फिनिस गर्दै रियललाई अग्रता दिलाए ।
सन् २०१८ पछि च्याम्पियन बन्न सफल भएको रियल कीर्तिमानी १४औं पटक उपाधि जित्न सफल भएको हो । पछिल्लो ९ सिजनमा रियलले पाँचौं पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।


तस्विरः एजेन्सी
























