चितवन विशेष

अधिक गतिका कारण मोटरसाइकल चालकको मृत्यु

Banner

चितवन, जेठ ३-

चितवनको भरतपुर महानगरपालिका–५ नयनचोकमा हिजो बेलुकी भएको सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–१९ का २० वर्षीय बिशेष दाहाल रहेका छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साईन्स अस्पताल भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी चितवनका अनुसार उनले अधिक गतिमा मोटरसाइकल चलाएका थिए । अधिक गतिका कारण नियन्त्रण भन्दा बाहिर मोटरसाइकल गई विपरित दिसाबाट आएको स्कुटरको समेत क्षेतविक्षेत भएको छ । मृत्कको घाटीमा स्कुटरको पांग्राले किचेर मृत्यु भएको देखिए पनि अनुसन्धानले त्यस्तो नदेखिएको चितवन ट्राफिकको भनाई छ ।

बिशालचोकबाट जानकीचोकतर्फ जाँदै गरेको ना ६३ प ९३०३ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ९ बजे विपरित दिशाबाट आउँदै गरेको ना ३८ प ७८७६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार भएका स्कुटर चालकको खोजी भइरहेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>