खेलकुद

खेलाडी-प्रशिक्षक मिलाउन आज एन्फा कार्यसमिति बैठक बस्दै

Banner

काठमाडौं, २५ वैशाख –
अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक आज बस्दैछ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवादको विषयमा एन्फा बैठक बस्न लागेको हो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई बैठकका लागि एन्फाले पत्राचार गरिसकेको छ । राष्ट्रिय फुटबल टिमको विषयमा छलफल गर्न बैठक बस्ने तुलाधरले जनाए ।

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका १० खेलाडीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले हटाएपछि सुरु भएको विवाद दुई साता पुग्न लाग्दा पनि अझै समाधान हुन सकेको छैन ।त्यसपछि खेलाडीहरुले यस विषयमा निष्पक्ष छानविन गर्न माग राख्द‌ै आएका छन् । एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले पनि कार्यसमिति बैठक राख्न एन्फालाई पत्र पठाइसकेको छ ।

यस्तै प्रशिक्षक अल्मुताइरीले पनि एन्फालाई पत्र लेख्दै आफ्नो धारणा व्यक्त गरिसकेका छन् । फुटबल टिम विवादबारे यसअघि एन्फाले एक सदस्यीय छानविन कमिटी गठन गरेको समाचार आफ्नै वेबसाइटमा सार्वजनिक गरे पनि पछि हटाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>