अन्तर्राष्ट्रिय

चीनमा कोरोना सङ्क्रमण बढेसंगै सेप्टेम्बरमा हुने एसियाली खेलकुद स्थगित

Banner

बैशाख २३- 

चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स ९एसियाली खेलकुद० स्थगित भएको छ ।

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले एसियन गेम्स स्थगित भएको जानकारी दिएका रोयटर्सले जनाएको छ । एसियाली खेलकुदको १९ औँ संस्करण झेजियाङ प्रान्तको राजधानीमा सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो ।

ओसीएको कार्यकारी समितिको बैठकपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको हो । सन् २०२३ मा व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डर भएका कारण आयोजकले नयाँ मितिको घोषणा गरेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>