चितवन विशेष
चितवनमा सुजुकी गाडीको नयाँ डिलर

चितवन, जेठ ६-
चितवनको लागि सुजुकीको नयाँ आधिकारी डिलरशिपमा साध्वी इन्टरनेशनल नियुक्त भएको छ । नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारीक वितरण तथा सीजि होल्डिङ्गको अटोमोटिभ डिभिजन सीजि मोटोक्रपले चितवनको लागि सुजुकीको नयाँ आधिकारिक डिलरशिप स्वरुप नियुक्त गरिएको आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि जानकारी दिइएको छ ।
यससंगै भरतपुरमा रहेको सोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुविधासमेत उपलब्ध गराइन डिलरका निर्देशक कैलाश घिमिरेले जानकारी दिए । यहाँ सुजुकीका सबै लोकप्रिय गाडीहरु डिलरबाट उपलब्ध हुनेसमेत उनले बताए । साध्वी इन्टरनेशनलका प्रबन्ध निर्देशक सुरज राज जोशीले सुजुकीका कारहरुमा पाइने विश्वसनियता, दक्षताका लागि परिचित सुजुकीका ब्राण्ड बिक्रि गर्ने डिलर हुन पाउँदा खुशी लागेको बताए । उनले यस सोरुमबाट उत्कृष्ट सेवा समेत दिने बताए । उनले यो डिलरशिपबाट थ्रि एस मोडेलको सुजुकीको अन्तराष्ट्रिय मापदण्ड अनुरुपको संरचनामा बनेको र यहाँ बिक्री मात्र नभई सर्भिस र स्पेयर पार्टस उपलब्ध गराउने उनले बताए । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष परमेश्वर खनालले कानुनी मापदण्डमा रहेर ग्राहकरुलाई सर्वसुलभ सेवा दिन अनुरोध गरे । त्यस्तै उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले यस सेवाले चितवनसहित देशकै आर्थिक चलायमान बनाउन सहज पुग्ने अपेक्षा राखे ।
























