राजनीति
१७ महिनामा चौथो पटक विश्वासको मत लिएर प्रधानमन्त्रीले देशकै बद्नाम गरेः चित्रबहादुर
०

काठमाडौँ, जेठ ७-
प्रधानमन्त्रीले १७ महिनामा चौथो पटक विश्वासको मत लिएर देशकै बद्नाम गरेको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।
प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले थपे, ‘१७ महिनामा चौथो पटक विश्वासको मत लिनुभयो । कहिले बालकोट कहिले बूढानीकलण्ठ किन पुग्नुपर्यो ? त्यसैले यो गलत भइरहेको छ । यो नेपाली जनताको लागि बद्नाम होइन। लोकतन्त्रमाथि र गणतन्त्रमाथि थुप्रिएको संकटका कारण उहाँहरू नै हो ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























