Breaking News

अर्थमन्त्री वाग्लेमाथि गोकुल बाँस्कोटाको टिप्पणीः भारत पुगेपछि नेपालविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप

०
Banner

काठमाडौं, कात्तिक ७ –

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री वाग्लेमाथि भारत भ्रमणका क्रममा नेपाल राष्ट्रविरुद्ध अभिव्यक्ति दिने गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले नेपाली राष्ट्रवादलाई भारतको विरोधसँग मात्र जोडेर व्याख्या गर्ने भाष्यमाथि आपत्ति जनाएका छन् ।

उनले लेखेका छन्, “अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्। नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो—त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइ हो।”

बाँस्कोटाको अभिव्यक्तिले राष्ट्रवाद, राष्ट्रिय हित तथा नेपाल–भारत सम्बन्धबारे राजनीतिक बहसलाई पुनः चर्चामा ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>