राजनीति

स्थानीय चुनावमा २० लाख स्वयंसेवक परिचालन गर्ने एमालेको तयारी

Banner

काठमाडौं,बैशाख १७-

नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचनमा देशभर २० लाख स्वयंसेवक परिचालन गर्ने भएको छ । एमालेका जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षता शनिवार बसेको बैठकले चुनावमा स्वयंसेवक परिचालनको निर्णय गरेको हो ।

स्वयंसेवक परिचालनका लागि युवा संघ, अनेरास्ववियु, जि फन्ट, खेलकुद महासंघ, भूपू सैनिक संघ र युथफोर्सका कार्यकर्ता खटिनेछन् । वान बुथ हन्ड्रेड यूथ’को परिकल्पना अनुसार २० लाख स्वयंसेवक दस्ता खडा गर्ने निर्णय भएको युवा संघका नेता क्षितिज थेबेले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>