राजनीति

पूर्वराजदुत लक्की शेर्पा एमाले प्रवेश

Banner

काठमाडौं,बैशाख ९-

संविधान सभाकी सदस्य एवम् पूर्वराजदूत लक्की शेर्पा फेरि नेकपा (एमाले) प्रवेश गरेकी छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई पार्टीमा खादा ओढाएर स्वागत गरेका हुन्। शेर्पा २०६४ सालको संविधान सभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन्। पहिलो संविधान सभा विघटन भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन्।

माओवादीमै हुँदा उनी अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी कोटामा उनलाई राजदूत नियुक्त गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>