राजनीति
सत्तारुढ गठबन्धनको बैठक दिउँसो २ बजेलाई सर्यो
०

काठमाडौं, वैशाख ६
पाँच दलीय गठबन्धनको बैठक मंगलबार दिउँसो २ बजेलाई सरेको छ । बिहान साढे ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सरेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
गठबन्धनमा महानगर र उपमहानगरको भागबन्डा मिल्न सकेको छैन । सबै दलले आ(आफ्नै अडान कायम राखेपछि बैठक भागबन्डाबारेको विवाद झन् पेचिलो बन्दै गएको छ ।
सोमबार दुईपटक बसेको बैठकमा समेत सहमति जुट्न सकेको थिएन । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा भागबन्डाबारे दलहरू आ(आफ्नै अडानमा कायम छन् । जसले गर्दा यसअघि तयार भएको मस्यौदामा सहमति जुट्न नसकेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























