राजनीति
कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठक वैशाख २ गते दिउँसो १ बजे
०

काठमाडौं, २९ चैत-
नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक आह्वान भएको छ ।आगामी वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा समिति सदस्यहरू सहभागी हुनेछन् । समिति संयोजक महामन्त्री गगनकुमार थापा हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























