चितवन विशेष
चितवनमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षले पार्टी परित्याग गरे

चितवन,चैत २८-
चितवनको माडीमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष कृष्ण पौडेलले पार्टी परित्याग गरेका छन् । उनले माडी १ वाट वडाध्यक्ष जितेका थिए । आज (सोमबार) सामाजिक सञ्जालमा लेख्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
उनले लेखेका छन्, प्रजातान्त्रिक समाजवादप्रति सम्मानभाव रहेपनि पार्टी सदस्यबाट राजिनामा गरेको छु । पार्टीभित्र र बाहिर दुबैतिर आफू पटक पटक अपमानित हुनुपरेको र आफूलाई भूमिका विहीन बनाउँदै जिउदै मार्ने प्रयास भएको उनको आरोप छ ।
पार्टीभित्रको दासत्वलाई अस्वीकार गर्दै विगतको पाँच बर्षको समग्र आत्मानुभुतिलाई साक्षी राख्दै काँग्रेसको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको तर देश र समाजप्रतिको कर्तव्यबोध भने सदा रहिरहने उनले बताएका छन् ।
काँग्रेसले माडीबाट मेयर र उपमेयरमा उम्मेदवारहरुको नाम सिफारिस गरेसंगै उनको राजिनामा आएको हो । उनि मेयर उपमेयर दुवैको आकाँक्षा राखेपनि लिस्टमा परेका छैनन् ।




























