चितवन विशेष

चितवनका ८९ जना प्रहरीहरुको विभिन्न पदमा बढुवा (फोटो सहित)

Banner

चितवन, चैत २५–

जिल्ला प्रहरी कार्यालय चितवनका ८९ जना प्रहरी अधिकृत तथा जवानहरुको विभिन्न पदमा बढुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले विभिनन मिति र पत्रले बढुवा गरेका सबैलाई आज (शुक्रबार) दज्र्यानी चिन्हले सु—शोभन गरिएको डिएसपी नरहरी अधिकारीले जानकारी दिनुभएको हो ।

प्रहरी नायव निरीक्षक पदबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा ७ जना, प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हबल्दार पदमा ३३ जना र प्रहरी जवानबाट प्रहरी सहायक हबल्दार पदमा ४९ जना बढुवा भएका हुन् ।

बढुवा हुने सबैलाई जिल्लाका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले दर्जा अनुसार दज्र्यानी चिन्ह द्धारा सु–शोभन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>