खैरहनी

चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन

Banner

चितवन, चैत २४–

थारु कलाकारहरुको अगुवाईमा चितवनमा थारु चलचित्र तथा साँस्कृतिक संघ गठन गरिएको छ । बिहीबार भएको भेलाले निर्देशक किशोर चौधरीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा हरिशरण चौधरी, उपाध्यक्षमा विनिता चौधरी, सचिवमा जितेन्द्र चौधरी, सह–सचिवमा प्रकाश चौधरी र कोषाध्यक्षमा शोभा चौधरी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा विका महतो, रामप्रित चौधरी, भुलन चौधरी, मेघनाथ चौधरी र मनोज चौधरी चयन भएका छन् । चितवनमा कलासँस्कृति संरक्षणका लागि संघ गठन गरिएको सचिव जितेन्द्र चौधरीले जानकारी दिए । यस जिल्ला शाखा परशुराम चौधरी नेतृत्वको थारु चलचित्र तथा साँस्कृतिक संघको शाखाको रुपमा रहने चौधरीले बताए ।

भेला पुराना कलाकार महेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>