राजनीति

पिट्यो भनेर हल्ला फैलाउने कर्मचारीलाई अब जेल हाल्छुः मन्त्री मनाङे

Banner

पोखरा, चैत २३-

गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ले शाखा अधिकृत प्रकाश ओझालाई सम्झाएको प्रस्टीकरण दिएका छन्। मन्त्रालयका सूचना अधिकारीसमेत रहेका ओझालाई दुर्व्यवहार गरेको समाचार सार्वजनिक भएपछि मन्त्री मनाङेले उक्त प्रस्टीकरण दिएका हुन्।

‘मैले कुटपिट गरेको होइन, सम्झाएको हुँ,’ उनले भने, ‘त्यस्ता कर्मचारीलाई कस्ले झाप्पु हान्छ, मैले त अलि ठूल्ठूला मान्छेलाई हान्छु नि।’ मन्त्रालयको युवा स्वरोजगार कार्यक्रममा आफूले दिएको सुझाव भन्दा उल्टो लेखेकाले सम्झाउनु परेको उनले बताए। उनले कर्मचारीले गल्ती गरेकाले आफुले जेल हाल्ने चेतावनी दिए ।

‘मेरो मन्त्रालयमा ३ करोड २४ लाखको युवा स्वरोजगारको प्रोजेक्ट आएथ्यो, त्यसले ३४ करोड लेखेछ,’ उनले भने, ‘अर्थ र कानुन मन्त्रालयबाट पास भयो, क्याबिनेटमा लैजाँदा पो थाहा भयो उल्टो लेखेको कुरा।’

युवा स्वरोजगारको योजना आफूले अध्ययन नगरी स्वीकृतिका लागि अर्थ र कानुन मन्त्रालय पठाएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>