राजनीति

कांग्रेसले एकीकृत समाजवादीको अस्तित्व स्वीकार नगरे अछाममा एक्लै चुनाव लड्छौंः कुँवर

Banner

अछाम, चैत २२-

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले अछाममा १० वटै स्थानीय तहमा सम्मानजनक गठबन्ध हुनुपर्ने बताएका छन् । तर, नेपाली कांग्रेसले समाजवादी पार्टीको सहअस्तित्व अस्वीकार गरेमा समाजवादी १० वटै स्थानीय तहमा एक्लै चुनाव लड्न तयार रहेको उनले बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउक समाजवादी पार्टीको पनि महत्ववूर्ण भूमिका रहेको बताउँदै कुँवरले त्यसको हेक्का राख्न सुझाव दिए ।

कुँवरले यो गठनबन्धन केपी ओलीको राष्ट्रघातविरुद्ध बनेको बताए । एमालेले राप्रपासँग गठबन्धन गरेर हलो चिन्हमा मत हाल्न लगाउने अनि हामीले कांग्रेससँग गठबन्धन गरेर रुखमा भोट हाल्दा फरक पर्ने ? उनले प्रश्न गरे,हामीले मात्रै कांग्रेसको रुख चिन्हमा मतदान गर्ने होइनन, कांग्रेसले पनि समाजवादीको कलममा भोट हाल्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>