चितवन विशेष

युवा संघ माडी-८ को अध्यक्षमा श्रेष्ठ

Banner

चितवन,चैत १९-

युवा संघ माडी नगरपालिका वडा नम्वर ८ को अध्यक्षमा सन्दिप कुमार श्रेष्ठ चयन हुनुभएको छ । आज (शनिवार) सम्पन्न भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गणेश भुसाल,सचिवमा प्रकाश आचार्य,उपसचिवमा सुजिता अधिकारी र कृष्ण गौतम रहनुभएको छ । माडी नगर संयोजक मुन्ना मियाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि एमाले बागमती प्रदेश कमिटी सदय सरस्वती विष्ट रहनुभएको थियो ।

भेलाले १०१ सदस्सीय कमिटी गठन गरको छ । नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई युवा संघ जिल्ला सहसंयोजक दिपक भण्डारीले सपथ खुवाउनुभएको थियो ।
भेलामा एमाले जिल्ला सदस्य एवं क्षेत्रिय संयोजक श्यामकुमार विष्ट, नगर सचिवालय सदस्य एवं वडा अध्यक्ष कृष्ण अधिकारी लगायतले सम्बोधन गर्नुभएको थियो । सो कार्यक्रममा एमाले वडा नम्वर ८ इन्चार्ज जित बहादुर शाही,जिल्ला लेखा आयोग सदस्य शिवजी गायक,पुर्व जिल्ला कमिटी सदस्य विमल केसी,नगर सदस्य सूर्यकान्त खनाल लगायतको उपस्थिति रहेको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>